ध्यानाकर्षण सम्बन्धमा

 ************************************           

                        श्री गलेश्वर मा . वि. 

             पुर्चौडी न . पा . १० महरागाउँ बैतडी

                                    

                                     मिति २०८०/०४/०१


           विषय : ध्यानाकर्षण सम्बन्धमा ।

प्रस्तुत विषय सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्ड सानोठोमी भक्तपुर द्वारा मिति २०८०/०३/२१ गते प्रकाशित शैक्षिक सत्र २०७९ सालको  नतिजाबारे २०८०/०३/२६ गते पश्चिम निगरानी दैनिकको अनलाइन समाचार पोर्टलले छापेको समाचार प्रति विद्यालय प्रशासनको गम्भिर ध्यानाकर्षण भएको छ ।  २०७९ सालको SEE परीक्षाफल अनुसार यस विद्यालयबाट जम्मा ५७ जना  सहभागी  परिक्षार्थीहरुमध्ये ५५ जनाले GPA १.६ भन्दा माथि र २ जनाको GPA १.६ भन्दा कम प्राप्त गरी SEE परीक्षा "Complete" गरेको व्यहोरा जानकारी गराइन्छ । परीक्षा नियन्त्रण कार्यालय अनुसार सबै विद्यार्थीको नतिजाको "Remarks"  मा "  Complete" उल्लेख गरेको र पुरानो लेटर ग्रेडिङ पद्धति  २०७२ अनुसार परीक्षार्थीहरुलाई उत्तिर्ण र अनुत्तिर्ण भनेर छुट्याउन नमिल्ने कार्यविधि भएको तर निगरानी पत्रले ५७ जनामध्ये ४९ जना उत्तिर्ण भएको बेतुक र आधारहिन खबर छापेर सामाजिक सञ्जाल मार्फत अभिभावक र विद्यार्थीहरुमा भ्रम फैलाउने समाचार प्रति विद्यालय परिवार खेद व्यक्त गर्दछ । साथै, नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय पाठ्यक्रम विकास केन्द्रको मिति२०७०/०३/२७  गतेको च. न . ६५९ को पत्रानुसार अनुसार SEE परीक्षा २०७९ मा न्युनतम GPA १.६ प्राप्त गर्ने परीक्षार्थीले कक्षा ११ मा जुनसुकै  विषय पनि अध्ययन गर्न पाउने भएकोले यस्ता झुटा र मिथ्यांक समाचारप्रति विश्वास नगरिदिनु हुन  विनम्र अनुरोध गरिन्छ । 

अन्त्यमा, SEE २०७९ मा सहभागी हुनुभइ आकर्षक GPA प्राप्त गरी SEE "complete " गर्ने सम्पूर्ण परीक्षार्थीहरुलाई हार्दिक बधाई सहित उज्ज्वल भविष्यको कामना ।

                                                                            

                                       विद्यालय प्रशासन

                    गलेश्वर मा . वि. महरागाउँ, बैतडी ।





Post a Comment

0 Comments